नेपाल मेरा लागि दोस्रो घर : भारतीय अभिनेत्री जयप्रदा

नेपाल मेरा लागि दोस्रो घर : भारतीय अभिनेत्री जयप्रदा : Icon Khabar

काठमाडौं, असार १३ । बलिउड अभिनेत्री जयप्रदा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन् । आज (बिहीबार) काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् ।

‘बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा गर्वको महसुस भएको छ । एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौं । यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’

उनले नेपाल–भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिइन् । आफू तीन पटक सांसद बनेको भए पनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको उनको भनाइ थियो ।

Published Date: 27 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक