नेपाल मेरा लागि दोस्रो घर : भारतीय अभिनेत्री जयप्रदा

नेपाल मेरा लागि दोस्रो घर : भारतीय अभिनेत्री जयप्रदा : Icon Khabar

काठमाडौं, असार १३ । बलिउड अभिनेत्री जयप्रदा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन् । आज (बिहीबार) काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् ।

‘बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा गर्वको महसुस भएको छ । एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौं । यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’

उनले नेपाल–भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिइन् । आफू तीन पटक सांसद बनेको भए पनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको उनको भनाइ थियो ।

Published Date: 27 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास