काठमाडौं, असार १३ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार डलरको मूल्य बढेको छ। अघिल्लो दिन १३३ रुपैयाँ ८० पैसा रहेको अमेरिकी डलरको बिक्रीदर आज बढेर १३४ रुपैयाँ २ पैसा पुगेको छ। त्यसैगरी, बुधबार, १३३ रुपैयाँ २० पैसा रहेको डलरको खरिददर, आज बढेर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रुपैयाँ १५ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news