दक्षिण अफ्रीकाका बलरहरुको घातक बलिङ, ५६ रनमै समेटियो अफगानिस्तान

दक्षिण अफ्रीकाका बलरहरुको घातक बलिङ, ५६ रनमै समेटियो अफगानिस्तान : Icon Khabar

काठमाडौं, असार १३ । टी२० विश्वकपको पहिलो सेमीफाइनलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई ५६ रनमै समेटेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्र जोड्न सफल भयो । दक्षिण अफ्रीकाका मार्को जानसेन तथा तबरेज शम्सीले समान तीन विकेट लिएपछि अफगानिस्तानका खेलाडीहरुले खुलेर खेल्नै सकेनन् । कगिसो रबाडा तथा एनिरक नोत्र्जेले पनि समान दुई विकेट लिए ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् । अफगानिस्तानका ओपनर रहमनुल्लाह गुरबाज तथा नूर अहमदले खाता नै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले पनि गतिलो योगदान दिन सकेनन् ।

दक्षिण अफ्रीकाले २० ओभरमा ५७ रन बनाउने बित्तिकै इतिहास रच्ने छ । अफ्रीकाको टीम आजको खेलमा विजयी भएमा ईतिहासमै पहिलो पटक कुनै पनि आईसीसी इभेन्टको फाइनलमा पुग्ने छ ।

Published Date: 27 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर