दक्षिण अफ्रीकाका बलरहरुको घातक बलिङ, ५६ रनमै समेटियो अफगानिस्तान

दक्षिण अफ्रीकाका बलरहरुको घातक बलिङ, ५६ रनमै समेटियो अफगानिस्तान : Icon Khabar

काठमाडौं, असार १३ । टी२० विश्वकपको पहिलो सेमीफाइनलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई ५६ रनमै समेटेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्र जोड्न सफल भयो । दक्षिण अफ्रीकाका मार्को जानसेन तथा तबरेज शम्सीले समान तीन विकेट लिएपछि अफगानिस्तानका खेलाडीहरुले खुलेर खेल्नै सकेनन् । कगिसो रबाडा तथा एनिरक नोत्र्जेले पनि समान दुई विकेट लिए ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् । अफगानिस्तानका ओपनर रहमनुल्लाह गुरबाज तथा नूर अहमदले खाता नै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले पनि गतिलो योगदान दिन सकेनन् ।

दक्षिण अफ्रीकाले २० ओभरमा ५७ रन बनाउने बित्तिकै इतिहास रच्ने छ । अफ्रीकाको टीम आजको खेलमा विजयी भएमा ईतिहासमै पहिलो पटक कुनै पनि आईसीसी इभेन्टको फाइनलमा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
Published Date: 27 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू