स्पेन र इटाली युरोकपको अन्तिम १६ मा

स्पेन र इटाली युरोकपको अन्तिम १६ मा : Icon Khabar

काठमाडौँ, असार ११ ।  युरोकपमा स्पेनले अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ । गए राति समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रिक्वार्टर फाइनलमा पुगेको हो । स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे ।

गए राति नै भएको अर्को खेलमा अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ । इञ्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । मोड्रिच गोल गर्नु केही समय अघि पेनाल्टी गोल गर्न असफल रहे । तर इञ्जुरी समयको आठौ मिनेटमा माटिया जाकाग्नीले उत्कृष्ट गोल गर्दै इटालीको अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ । अल्बानिया भने १ अंकसहित समूहको पुछारमा रह्यो । प्रतियोगिता अन्तर्गत आज समूह ‘डी’ का अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन