स्पेन र इटाली युरोकपको अन्तिम १६ मा

स्पेन र इटाली युरोकपको अन्तिम १६ मा : Icon Khabar

काठमाडौँ, असार ११ ।  युरोकपमा स्पेनले अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ । गए राति समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रिक्वार्टर फाइनलमा पुगेको हो । स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे ।

गए राति नै भएको अर्को खेलमा अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ । इञ्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । मोड्रिच गोल गर्नु केही समय अघि पेनाल्टी गोल गर्न असफल रहे । तर इञ्जुरी समयको आठौ मिनेटमा माटिया जाकाग्नीले उत्कृष्ट गोल गर्दै इटालीको अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ । अल्बानिया भने १ अंकसहित समूहको पुछारमा रह्यो । प्रतियोगिता अन्तर्गत आज समूह ‘डी’ का अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड आमने सामने हुनेछन् ।

Published Date: 25 June 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु