अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौँ, असार ११ । अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा पुगेको हो । अष्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ ।

अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।

सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको विष्फोटक इनिङ्को मद्दतमा ५ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए । यस्तै भारतका लागि सुर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पन्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले २-२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए ।

जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि टोलीलाई पार लगाउन सकेनन् । १७औं ओभरमा उनको विकेटपछि भारत जिततर्फ लम्किएको थियो ।

यस्तै मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाएका थिए ।

भारतका अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जस्पृत बुम्राह र अक्षर पटेलले १-१ विकेट लिए ।एजेन्सी 

Published Date: 25 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली