अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौँ, असार ११ । अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा पुगेको हो । अष्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ ।

अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।

सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको विष्फोटक इनिङ्को मद्दतमा ५ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए । यस्तै भारतका लागि सुर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पन्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले २-२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए ।

जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि टोलीलाई पार लगाउन सकेनन् । १७औं ओभरमा उनको विकेटपछि भारत जिततर्फ लम्किएको थियो ।

यस्तै मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाएका थिए ।

भारतका अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जस्पृत बुम्राह र अक्षर पटेलले १-१ विकेट लिए ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू