आदर्श आजादमा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आदर्श आजादमा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार १० । भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंको प्रमुख आतिथ्यतामा आज आदर्श आजाद मा.वि.का अभिभावक शिक्षक विद्यार्थीहरुमाझ नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले सर्ने रोगहरुभन्दा नसर्ने रोग प्राणघातक भएको जानकारी गराउदै रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपाय सुझाउनुपर्ने कुरामा जोड दिए ।

 

विद्यालयका प्र.अ.श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालय नर्स एवं प्रशिक्षक निना होराले नसर्ने रोगहरु सम्बन्धि जानकारीसहितको प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा सहायक प्र.अ. चक्रबहादुर चाकतु र शिक्षक राकेश सुकुपायोले समेत आ आफ्नो धारणा राखे ।

उक्त कार्यक्रमको अन्तमा उपस्थित शिक्षक,विद्यार्थी,अभिभावक, वि.व्य.स.पदाधिकारीहरु अतिथिगनहरुले नसर्ने रोग सम्बन्धि जनचेतना अभिवृद्धि गर्न हस्ताक्षर गरेर सामूहिक प्रतिबद्धता समेत गरे ।

Published Date: 24 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड