आदर्श आजादमा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आदर्श आजादमा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार १० । भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंको प्रमुख आतिथ्यतामा आज आदर्श आजाद मा.वि.का अभिभावक शिक्षक विद्यार्थीहरुमाझ नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले सर्ने रोगहरुभन्दा नसर्ने रोग प्राणघातक भएको जानकारी गराउदै रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपाय सुझाउनुपर्ने कुरामा जोड दिए ।

 

विद्यालयका प्र.अ.श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालय नर्स एवं प्रशिक्षक निना होराले नसर्ने रोगहरु सम्बन्धि जानकारीसहितको प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा सहायक प्र.अ. चक्रबहादुर चाकतु र शिक्षक राकेश सुकुपायोले समेत आ आफ्नो धारणा राखे ।

उक्त कार्यक्रमको अन्तमा उपस्थित शिक्षक,विद्यार्थी,अभिभावक, वि.व्य.स.पदाधिकारीहरु अतिथिगनहरुले नसर्ने रोग सम्बन्धि जनचेतना अभिवृद्धि गर्न हस्ताक्षर गरेर सामूहिक प्रतिबद्धता समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न