अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगायो

अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगायो : Icon Khabar

काठमाडौँ, असार १०  । अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ।

आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।

वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो।

‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।

ह्युम पाइप क्षति भएसँगै मेलम्ची-९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताए।

‘०७८ को बाढी पछि बर्खामा सँधै यस्तै हो। वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा थप १५ किलोमिटर घुम्नुपर्छ,’ वडाध्यक्ष तामाङले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 24 June 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)