अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगायो

अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगायो : Icon Khabar

काठमाडौँ, असार १०  । अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ।

आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।

वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो।

‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।

ह्युम पाइप क्षति भएसँगै मेलम्ची-९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताए।

‘०७८ को बाढी पछि बर्खामा सँधै यस्तै हो। वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा थप १५ किलोमिटर घुम्नुपर्छ,’ वडाध्यक्ष तामाङले भने

Published Date: 24 June 2024
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय