जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा : Icon Khabar

काठमाडौं, असार १० । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् । गए राति सम्पन्न समूह ‘ए’ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इञ्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि जर्मनीको समूह ‘ए’ मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

Published Date: 24 June 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक