अमेरिकालाई हराउँदै इङल्याण्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

अमेरिकालाई हराउँदै इङल्याण्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असार १० । अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे । फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए । स्याम करन र आदिल राशिदले २-२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।

जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान २-२ खेलमा दक्षिण अफ्रिका ४ र वेस्ट इन्डिजको २ अंक छ । सोमबार बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू