कोपा अमेरिकामा अमेरिकाको शानदार विजयी शुरुवात

कोपा अमेरिकामा अमेरिकाको शानदार विजयी शुरुवात : Icon Khabar

काठमाडौं, असार १० ।  कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ। समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो। टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे।

खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।

४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो। सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन्। उरुग्वे र पानामको खेल पनि आज हुँदै छ।

Published Date: 24 June 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक