आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ९ । आज २०८१ असार ९ गते आइतबार, तद्अनुसार २३ जून २०२४ । आज असार कृष्ण प्रतिपदा, ब्रह्म कौलव पूर्वाषाढा, अन्तर्राष्ट्रिय एकल महिला दिवस, सूर्योदय बिहानः ०५ः०९ , सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: दुष्टजनबाट सावधान रहनु होला, हानि पुर्याउन सक्ने छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । लगानी शुभ रहने छ ।

मिथुन: हतारमा कुनै पनि प्रकारको लेन–देन नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट: भाग्यको साथ मिल्ने छ । जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ रहने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । तत्काल लाभ मिल्ने छैन ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । विवादलाई नबढाउनु होला । लेन–देनमा सावधानी अपनाउनु होला ।

धनु: कानूनी बाधा सम्भव छ । विरोधी सक्रिय रहने छन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

मकर: सुखका साधननमा खर्च हुनेछ । स्थायी सम्पत्तिमा वृद्धिको योग छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

कुम्भ: मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । जोखिम नलिनु होला ।

मीन: आज भाग्यको साथ पाइने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2024
Website | + posts