नगरकोटबाट काभ्रेको कुन्ताबेंसी हुँदै मेलम्चीसम्मको यात्रा (फोटो फिचर)

नगरकोटबाट काभ्रेको कुन्ताबेंसी हुँदै मेलम्चीसम्मको यात्रा (फोटो फिचर) : Icon Khabar

काठमाडौं, असार ८ । आज शनिबार आइकन खबरको टोली भक्तपुरको नगरकोट हुँदै काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेंसी पुगी त्यहाँबाट सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित इन्द्रावती नदिसम्म यात्रा गर्दा खिचिएका तस्बिरहरु यहाँ प्रस्तुत छ।

नगरकोटबाट कुन्ताबेंसीसम्म पुग्ने बाटो पछिल्लो समयमा कालोपत्रे हुँदा काठमाडौँबाट सिन्धुपाल्चोक पुग्ने अरनिको राजमार्गको बैकल्पिक बाटो बनेको छ।

आजकै भ्रमणमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित इन्द्रावती नदिसम्म पुग्दा नदीको पानी धमिलिएको पायौं। सायद नेपालको उत्तरी भेगमा वर्षाको कारण धमिलो पानी बगेको हुन सक्ने हाम्रो अनुमान थियो।

केहि वर्ष अघिको हेलम्बु-मेलम्ची बाढीका कारण थुप्रिएको ढुंगामाटोको लेदो र बाढीले बगाएको घरको भग्नावशेष जस्ताको तस्तै रहेको पनि पायौं।

भक्तपुर फर्किने क्रममा मेलम्चीबाट जहरसिंह पौवा हुदै पुनः नगरकोट हुदै आयौं । जे होस् आजको यात्रा सफल भएकोमा हामी आनन्दित छौं ।

Published Date: 22 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक