नगरकोटबाट काभ्रेको कुन्ताबेंसी हुँदै मेलम्चीसम्मको यात्रा (फोटो फिचर)

नगरकोटबाट काभ्रेको कुन्ताबेंसी हुँदै मेलम्चीसम्मको यात्रा (फोटो फिचर) : Icon Khabar

काठमाडौं, असार ८ । आज शनिबार आइकन खबरको टोली भक्तपुरको नगरकोट हुँदै काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेंसी पुगी त्यहाँबाट सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित इन्द्रावती नदिसम्म यात्रा गर्दा खिचिएका तस्बिरहरु यहाँ प्रस्तुत छ।

नगरकोटबाट कुन्ताबेंसीसम्म पुग्ने बाटो पछिल्लो समयमा कालोपत्रे हुँदा काठमाडौँबाट सिन्धुपाल्चोक पुग्ने अरनिको राजमार्गको बैकल्पिक बाटो बनेको छ।

आजकै भ्रमणमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित इन्द्रावती नदिसम्म पुग्दा नदीको पानी धमिलिएको पायौं। सायद नेपालको उत्तरी भेगमा वर्षाको कारण धमिलो पानी बगेको हुन सक्ने हाम्रो अनुमान थियो।

केहि वर्ष अघिको हेलम्बु-मेलम्ची बाढीका कारण थुप्रिएको ढुंगामाटोको लेदो र बाढीले बगाएको घरको भग्नावशेष जस्ताको तस्तै रहेको पनि पायौं।

भक्तपुर फर्किने क्रममा मेलम्चीबाट जहरसिंह पौवा हुदै पुनः नगरकोट हुदै आयौं । जे होस् आजको यात्रा सफल भएकोमा हामी आनन्दित छौं ।

Published Date: 22 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास