बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि : Icon Khabar

काठमाडौं, असार ९ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेण्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेण्ड रनरअप विश्वकर्माले पाँच लाख नगद पुस्कार पाएका छन् । थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।

यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए । शनिबार साँझ प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेललगायत प्रस्तुति दिएका थिए । शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए ।

यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन् । उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिजन ४ मा भूपेन्द्र थापा मगरले उपाधि चुम्दा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए । सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन–५ का लागि देशभरिबाट १५२ जना छानिएका थिए ।

Published Date: 23 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक