बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि : Icon Khabar

काठमाडौं, असार ९ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेण्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेण्ड रनरअप विश्वकर्माले पाँच लाख नगद पुस्कार पाएका छन् । थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।

यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए । शनिबार साँझ प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेललगायत प्रस्तुति दिएका थिए । शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए ।

यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन् । उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिजन ४ मा भूपेन्द्र थापा मगरले उपाधि चुम्दा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए । सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन–५ का लागि देशभरिबाट १५२ जना छानिएका थिए ।

Published Date: 23 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास