पोल्यान्ड युरो कपबाट बाहिरियो

पोल्यान्ड युरो कपबाट बाहिरियो : Icon Khabar

काठमाडौं, असार ८ । रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो ।

पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे । पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा नै गेर्नोट ट्राउनरको गोलबाट अस्ट्रियाले खेलमा अग्रता कायम गर्यो । ३०औं मिनेटमा क्रिस्जटोफ पिएटेकले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अस्ट्रियाले दोस्रो हाफमा दुई गोल थप्दै जसत सुनिश्चित गर्यो ।

६६औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई २–१ ले अघि बढाए । ७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित पक्का गरे ।

यस जितले अस्ट्रियाको दुई खेलबाट ३ अंक पुगेको छ । समान खेलबाटै पोल्यान्डले अंक जोड्न सकेको छैन । यो समूहमा नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ ।

अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्नेछ । पोल्यान्डले फ्रान्सलाई हराएपनि टोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त हुने छैन ।–एजेन्सी

Published Date: 22 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास