कसरि अभिनेत्री दीपिका पादुकोण अभिनेत्री आलिया भट्टभन्दा पछी परिन् ?

कसरि अभिनेत्री दीपिका पादुकोण अभिनेत्री आलिया भट्टभन्दा पछी परिन् ? : Icon Khabar

मुम्बई, असार ८ । बलिउड अभिनेत्री आलिया भट्टले अर्कि अभिनेत्री दीपिका पादुकोणलाई पछाडि पार्न सफल भएकी छिन् । आलियाले सन् २०२३ मा १०१.१ मिलियन डलरको ब्राण्ड भ्याल्यू प्राप्त गरेकी छिन् ।

उक्त कुरा फाइनान्सियल एवं रिस्क एड्भाइजरी फर्म क्रलको एउटा रिपोर्टमा खुलाइएको छ । उक्त रिपोर्टमा भारतका प्रायः सबै हस्तिहरुको सम्पत्तिको बारेमा उल्लेख गरिएको छ ।

उक्त रिपोर्टमा आलियाबाहेक दीपिका पादुकोण तथा कियारा आडवाणीसहित तीन हस्तिले उत्कृष्ट १२ को उक्त सूचिमा आफ्नो स्थान बनाउन सफल भएका छन् । यद्यपि, उक्त सूचि अनुसार आलियाले दीपिका पादुकोणलाई पछि पार्दै सन् २०२३ को टप स्थान प्राप्त गरेकी छिन् ।

सेलेब्रिटी ब्रान्ड भ्याल्यू रिपोर्ट २०२३ शीर्षकमा प्रकाशित उक्त रिपोर्टका अनुसार बलिउडका सेलिब्रेटीहरको सूचिमा १०१.१ मिलियन डलरको ब्रान्ड भ्याल्यू प्राप्त गर्दै आलिया पहिलो स्थानमा छिन् भने ९६ मिलियन डलरको ब्रान्ड भ्याल्यूका साथ दीपिका पादुकोण दोस्रो स्थानमा छिन् । २०२२ को तुलनामा यो वर्ष दुई जनाको र्याकिङगमा गिरावट आएको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

यो सूचिमा कियारा आडवाणीको पनि नाम छ, जसलाई आश्चर्यजनक रुपमा लिइएको छ । सन् २०२२ मा १६ र्याङ्कमा रहेकी कियारा यो पटक ६० मिलियन ब्रान्ड भ्याल्यूका साथ १२ औँ स्थानमा पुगेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2024
Website | + posts