सरकारद्वारा राजनीतिक भागवण्डाका आधारमा आठ देशका राजदूत सिफारिस

सरकारद्वारा राजनीतिक भागवण्डाका आधारमा आठ देशका राजदूत सिफारिस : Icon Khabar

काठमाडौं, असार ८ । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो।

सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ। रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए।

त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ।

Published Date: 22 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास