भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु

भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु : Icon Khabar

काठमाडौं, असार ७ । भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु हुनेमा उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणाका रहेका छन् ।

मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।

मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए ।

गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ ।

Published Date: 21 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक