युरोकपमा एम्बाप्पेको नाक भाँचियो, फ्रान्सको विजयी सुरूआत

युरोकपमा एम्बाप्पेको नाक भाँचियो, फ्रान्सको विजयी सुरूआत : Icon Khabar

काठमाडौँ, असार ४ । कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा दाबेदार मध्येको एक फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ।

जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।

खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई‌ अस्पताल लगिएको थियो। उनको‌ नाकको शल्यक्रिया गर्नु पर्ने बताइएको छ। विपक्षी खेलाडीसँग ढोक्किएका कारण ९० औं मिनेटमा उनको नाकमा चोट लागेको थियो।

त्यसअघि उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग स्तब्ध भएको थियो। समूह ई को त्यो खेलमा बेल्जियमले १-० को हार बेहोरेको हो ।

ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भएको हो।रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि रिबाउन्डमा स्क्ररान्जले सहज गोल गरेका थिए ।

बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्यो । बेल्जियमले दुई पटक गरेको गोल मान्य भएन । दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले अमान्य गरेको थियो ।

५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोलले मान्यता पाएन भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल अमान्य भएको थियो ।

सोही समूहको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित निकालेको थियो।–एजेन्सी

Published Date: 18 June 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा