मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर

मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, असार ४ । नेपाल राष्ट्र बैंकले मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ। डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा तोकिएको छ। सोमबार खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको थियो।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ। सोमबार खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको थियो।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ।

Published Date: 18 June 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय