वि क्यान एजुकेशन नेपालद्वारा आयोजित “भ्वाइस अफ वि क्यान” समपन्न

वि क्यान एजुकेशन नेपालद्वारा आयोजित “भ्वाइस अफ वि क्यान” समपन्न : Icon Khabar

भक्तपुर, असार २ । भक्तपुरकै अब्बल शैक्षिक सस्थाहरुको ग्रुप वि क्यान एजुकेशन नेपालले भर्खरै भ्वाइस अफ वि क्यान कार्यक्रम सम्पन्न गरेको छ ।

१० भर्ष भन्दा कम उमेर र उमेर १० बर्ष भन्दा माथी गरेर प्रत्यक विद्यालयबाट दुई जना सहभागी भएको कार्यक्रममा सिनियरबाट भक्तपुर सिर्जनानागर्को पाथीभरा एकेडेमी र भक्तपुरको आरक्षण नेशनल एकेडेमी प्रथम हुन सफल भयो। त्यसैगरी दोश्रोमा जागृति विद्या सदन र तेश्रोमा रितम्भरा पाठशाला, दुवाकोट र रुबि भ्याली विद्यालय हुन सफल भयो।

योसंगै जुनियर तर्फको कार्यक्रममा रुबि भ्याली विद्यालय प्रथम, पाथीभरा एकेडमी द्वितीय, आरक्षण नेसनल एकेडमी तृतीय र झौखेलको सिरिन केन स्कूल, भक्तपुरको क्रियटिभ स्कूल, पाण्डुबजारको माम्ती स्कूल सान्त्वना भयो।

जागृति विद्या सदनमा भएको सो कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका विद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

सो कार्यक्रमाको संयोजन वि क्यान एजुकेशन नेपालका उपाध्यक्ष तथा क्रियटिभ स्कूलका प्रिन्सिपल विश्व राम दुवाल ले गरेका थिए। वि क्यान एजुकेशन नेपालका सचिव एवं पाथीभरा एकेडमीका प्रिन्सिपल रमेश प्रसाद सिटौला कार्यक्रम भव्यताका साथ सफल भएको आइकन खबरलाई जानकारी दिए।

Published Date: 16 June 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी