पेट्सानको १५ औं वार्षिकोत्सव तथा सातौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न

पेट्सानको १५ औं वार्षिकोत्सव तथा सातौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न : Icon Khabar

पोखरा, असार २ । सार्वजनिक शैक्षिक गुठि विद्यालय संघ, नेपाल पेट्सानको १५ औं वार्षिकोत्सव तथा सातौं राष्ट्रिय महाधिवेशन कास्कीको गण्डकी बोर्डिङ्ग स्कूलको हलमा सम्पन्न भयो ।

सार्वजनिक शैक्षिक गुठि विद्यालय संघका राष्ट्रिय अध्यक्ष रुपक राजवंशीको अध्यक्षता तथा गण्डकी विश्व विद्यालयका उपकुलपति नवराज देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा उनले समस्या, पहिचान र लक्ष्यहरु हामी शिक्षा क्षेत्रमा कार्य गर्नेहरुको सबै एकरहेको बताए।

उनले सर्पले नै सर्पको खुट्टा देख्छ भन्ने जस्तै हामीले नै देख्ने र समाधानको प्रयास गर्नुपर्ने बताए। सामाजिक, राजनैतिक, ब्यावसायिक क्षेत्रमा लागेका मानिसहरु जस्तो नभई हामी शिक्षा क्षेत्रमा लागेका मानिसहरु सधै सक्रिय हुनुपर्नेमा जोड दिदै शिक्षक इतिहासको कालखण्डको रोलमोडल रहेको बताए।

समारोहमा सार्वजनिक शैक्षिक गुठि विद्यालय संघ नेपालका वरिष्ठ उपाध्याय जे.एस. पौडेलले संघले हालसम्म गरेका कार्यहरु र गुठी विद्यालयका समस्याहरुको बारेमा जानकारी गराए ।

साथै सल्लाहकार एवं बुढानिलकण्ठ विद्यालयका प्रिन्सिपल केसर खुलालले शुभकामना मन्तव्यका साथै विद्यालयहरुका सन्दर्भमा सरकारले निश्चित नीति तयारी गर्नु पर्ने बारे उल्लेख गरे । त्यसैगरि संघका संस्थापक अध्यक्ष रमेशमान महर्जनले हाम्रा समस्याहरू सरकारले सुन्न नचाहेको र विरोध पनि नगरेको बताए।

कार्यक्रमको प्रथम सत्रको अन्त्यमा कार्यक्रमका सभापति एवं सिद्धार्थ वनस्थली इन्स्टीच्युटका प्राचार्य रूपक राजवंशीले संघको आगामी कार्यसमितिले गर्नुपर्ने कामहरुको बारेमा जानकारी दिए। कार्यक्रमको दोश्रो सत्रमा जे.एस. पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 16 June 2024
Website | + posts