लायन्स क्लब अफ भक्तपुर न्यातापोलको नयाँ प्रेसिडेण्टमा सुवाल

लायन्स क्लब अफ भक्तपुर न्यातापोलको नयाँ प्रेसिडेण्टमा सुवाल : Icon Khabar

भक्तपुर, असार १ । लायन्स क्लब अफ भक्तपुर न्यातापोलको प्रेसिडेण्ट (अध्यक्ष) को रूपमा श्री दिनेश सुवाल चुनिएका छन्। काभ्रेको बल्थली माउण्टेन रिसोर्टमा सम्पन्न भएको वार्षिक साधारणबाट लायन्स वर्ष २०२४।२५ का लागि सुवाल प्रेसिडेण्टका रूपमा चुनिएका हुन्।

यस अघिका प्रेसिडेण्ट राजेन्द्र भुषण खयरगुलीले क्लबलाइ अझ सशक्त रूपमा अघि लैजान सकुन भनि शुभकामना तथा बधाई दिंदै उक्त कार्यभार सुवाललाइ हस्तान्तरण गरेका हुन्। लायन्स क्लब इन्टरनेश्नलको सिद्धान्तमा रही सामाजिक कार्य गर्नुका साथै क्लवका सदस्यहरूको नेतृत्व विकास एवं शाररिक सुस्वास्थ्यको लागि विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा क्लबका बोर्ड पदाधिकारीहरू घडीका बाहिर देखिने सुईको र अन्य सदस्यहरुलाई घडीको भित्री पार्टपूर्जाको उपमा दिंदै क्लबको सफलताका लागि सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहने बताए ।

उक्त बोर्डमा पहिलो भाइस प्रेसिडेन्टमा बिजय सुवाल, द्वितीय भाइस प्रेसिडेन्टमा श्याम सुन्दर बासुकला, सचिबमा किसन कर्माचार्य, कोषाध्यक्षमा राजाराम लोहला, सह कोषाध्यक्षमा शिक्षा प्रजापति, सह सचिबमा बिश्वजीत प्रजापति, क्लव डाइरेक्टरमा दिपेन्द्र प्रजापति र शमशेर प्रजापति, मेम्बरशिप च्यरपर्सनमा राजकुमार कार्की, मार्केटिङमा रामेश्वर सुवाल र सर्भिसमा पून्यराम राजलवट रहेका छन् ।

कार्यक्रममा लायन्स क्लब ३२५जी का जि.एल.टि. कोअर्डिनेट सुरेन्द्र जाकीबन्जारले नयाँ नियुक्त हुनु भएका सम्पूर्ण पदाधिकारीहरूलाइ बधाइ तथा सफलताको शुभकामना दिंदै क्लबका सदस्यहरूको नेतृत्व बिकासका लागि आफु हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो भने क्लबको नेतृत्व लिनु चुनौतीको सामना गर्नु जस्तै रहेको तथा गलत व्यक्तिको हातमा नेतृत्व गएमा संगठनले ठुलो नोक्सानी बेहोर्नुपर्ने भएकोले सजक रहनुपर्ने बताए ।

साथै क्लवका सदस्य स्व.रमेश त्वायनाबासुको असामायिक निधन प्रति दु:ख ब्यक्त गर्दै यस वर्ष दिवंगत भएका सदस्य एवं सदस्यका दिवंगत आफन्तको नाममा मैनबती बाली श्रदाञ्जली सभा समेत सम्पन्न भएको जानकारी दिंदै क्लवका पूर्व प्रेसिडेन्ट कृष्ण सुन्दर प्रजापतिले क्लवको हितका लागि जुनसुकै किसिमको सहयोग गर्न पनि तयार रहेको कुरा ब्यक्त गर्दै नयाँ पदाधिकारीहरूलाइ बधाइ तथा शुभकामना ब्यक्त गरे।

Published Date: 15 June 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता