बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक : Icon Khabar

बारा, जेठ ३२ । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण साहमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आदर्श कोतवाल गाउँपालिका–३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दाधीराम न्यौपानेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र हो । क्याम्पस प्रमुख कुशवाहको घर समेत सोही क्षेत्रमा पर्ने प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्ने समूहको खोजी सुरु गरेको न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?