बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक : Icon Khabar

बारा, जेठ ३२ । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण साहमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आदर्श कोतवाल गाउँपालिका–३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दाधीराम न्यौपानेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र हो । क्याम्पस प्रमुख कुशवाहको घर समेत सोही क्षेत्रमा पर्ने प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्ने समूहको खोजी सुरु गरेको न्यौपानेले जानकारी दिए ।

 

Published Date: 14 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु