टी–२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

टी–२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै : Icon Khabar

काठमाडौँ, जेठ २९ । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । आज समूह ‘ए’ अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि सुरु हुँदैछ ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार व्यहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार व्यहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार व्यहोरेको छ । पाकिस्तानले यसअघिका दुवै खेलमा हार व्यहोरेको हुनाले यो खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

Published Date: 11 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर