सोमबार नेप्से परिसूचक ८.९० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ८.९० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २८ । सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ। यता कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझ बढेको छ। सोमबार ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ जुनमा म्युचुअल फण्ड उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरै घटेको छ।

आज त्रिशुली जलविद्युत र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने पिपुल्स पावरको पनि ९.९९ प्रतिशतले बढेको छ।

यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६७ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोपावरको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ४.८३ प्रतिशतले घटेको छ।

सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८७ लाख रुपैयाँको शेय कारोबार भएको छ भने माउन्टेन इनर्जीको २४ करोड ४७ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ

Published Date: 10 June 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड