सोमबार नेप्से परिसूचक ८.९० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ८.९० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २८ । सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ। यता कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझ बढेको छ। सोमबार ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ जुनमा म्युचुअल फण्ड उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरै घटेको छ।

आज त्रिशुली जलविद्युत र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने पिपुल्स पावरको पनि ९.९९ प्रतिशतले बढेको छ।

यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६७ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोपावरको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ४.८३ प्रतिशतले घटेको छ।

सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८७ लाख रुपैयाँको शेय कारोबार भएको छ भने माउन्टेन इनर्जीको २४ करोड ४७ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ

Published Date: 10 June 2024


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास