कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ: ऋतिक रोशन

कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ: ऋतिक रोशन : Icon Khabar

मुम्बई, जेठ २८ । बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतलाई महिला प्रहरीले चण्डिगढको एयरपोर्टमा थप्पड हानेको घटनाको बारेमा बलिउड अभिनेता ऋतिक रोशनले मुख खोलेका छन् ।

यो प्रकरणमा ऋतिकले कंगनाको समर्थन गर्दै उनको पक्षमा बोलेका छन् । त्यसपछि अहिले यी दुबैको चर्चा चुलिएको छ ।

यद्यपि, एउटा त्यस्तो समय पनि थियो, जतिबेला कंगना र ऋतिकको गहिरो प्रेम–सम्बन्ध थियो । त्यसपछि दुबैको शत्रुता पनि गहिरो नै रह्यो, जसका लागि दुबैलाई अदालतसम्म पुर्यायो ।

कंगनाका अनुसार ऋतिक र उनी रिलेशनशिपमा भएको र पछि ऋतिकले उक्त सम्बन्धलाई अस्वीकार गरेपछि कंगनाले ऋतिकविरुद्ध एक्शन लिएकी थिइन् ।

कंगनाको लीगल नोटिस जारी गरेपछि ऋतिकले पनि कंगनालाई नोटिस पठाएका थिए । उनले कंगनालाई आफूहरुको अफेयर भएको कुरा फिर्ता लिन भनेका थिए ।

त्यो समयमा ऋतिकले भनेका थिए – ‘कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ । उनको मानसिक स्थिति ठिक छैन ।’

यसको जवाफमा कंगनाले पनि ऋतिक स्वयं मानसिक समस्याको सामना गरिरहेको बताएकी थिइन् ।

Published Date: 10 June 2024


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास