कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ: ऋतिक रोशन

कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ: ऋतिक रोशन : Icon Khabar

मुम्बई, जेठ २८ । बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतलाई महिला प्रहरीले चण्डिगढको एयरपोर्टमा थप्पड हानेको घटनाको बारेमा बलिउड अभिनेता ऋतिक रोशनले मुख खोलेका छन् ।

यो प्रकरणमा ऋतिकले कंगनाको समर्थन गर्दै उनको पक्षमा बोलेका छन् । त्यसपछि अहिले यी दुबैको चर्चा चुलिएको छ ।

यद्यपि, एउटा त्यस्तो समय पनि थियो, जतिबेला कंगना र ऋतिकको गहिरो प्रेम–सम्बन्ध थियो । त्यसपछि दुबैको शत्रुता पनि गहिरो नै रह्यो, जसका लागि दुबैलाई अदालतसम्म पुर्यायो ।

कंगनाका अनुसार ऋतिक र उनी रिलेशनशिपमा भएको र पछि ऋतिकले उक्त सम्बन्धलाई अस्वीकार गरेपछि कंगनाले ऋतिकविरुद्ध एक्शन लिएकी थिइन् ।

कंगनाको लीगल नोटिस जारी गरेपछि ऋतिकले पनि कंगनालाई नोटिस पठाएका थिए । उनले कंगनालाई आफूहरुको अफेयर भएको कुरा फिर्ता लिन भनेका थिए ।

त्यो समयमा ऋतिकले भनेका थिए – ‘कंगनाले आफ्नो दिमागी स्वास्थ्यको जाँच गराउनु आवश्यक छ । उनको मानसिक स्थिति ठिक छैन ।’

यसको जवाफमा कंगनाले पनि ऋतिक स्वयं मानसिक समस्याको सामना गरिरहेको बताएकी थिइन् ।

Published Date: 10 June 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड