प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ २८ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए । उनी आज साँझ स्वदेश फर्किँदैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 June 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने