आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

 आज २०८१ जेठ २८ गते सोमबार, तद्अनुसार १० जुन २०२४ । आज जेठ शुक्ल चतुर्थी, ध्रुव विष्टि/भद्रा पुष्य, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझ १८ः५९ बजे ।

आजको राशिफल

मेष: कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थ दर्शन हुनसक्छ । विवेकको प्रयोग गर्दा लाभ हुनेछ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । काम गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । घर–परिवारमा प्रसन्नता रहने छ । दाजुभाइसंगको मतभेद हट्ने छ ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । उन्नतिको मार्ग प्रशस्त हुनेछ । कुनै ठूलो काम गर्न मन लाग्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल रहने छ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक हुनेछ ।

कन्या: मेहनत बढी हुनेछ । स्वास्थ्य कमजोर रहने छ । धैर्य राख्नु होला, समय सुध्रिने छ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । बुद्धिको प्रयोग गर्दा लाभमा वृद्धि हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । कुनै ठूलो समस्याको हल प्राप्त हुनेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउने हला । व्यापार मनोनुकूल चल्ने छ ।

कुम्भ: मनोरञ्जक यात्राको योजना बन्ने छ । डूबेको रकम प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

मीन: घर–परिवारसंग आराम तथा मनोरञ्जनका साथ समय व्यतीत हुनेछ । मान–सम्मान पाइने छ । साथीहरुबाट सहयोग प्राप्त हुनेछ ।

Published Date: 10 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास