रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो

रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो : Icon Khabar

काठमाडौं, जेठ २८ । आइसीसी टी–२० विश्वकपमा भारतले चीर प्रतिद्वन्दी पाकिस्तानलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो । जितका लागि १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो । पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन बनाएको थियो । भारतका ओपनरद्वय विराट कोहली ४ र रोहित शर्मा १३ रन बनाएर आउट भएका थिए ।

त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । अक्षर पटेलले १८ बलमा २० रन जोडे । पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा कमजोर बनेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध हार व्यहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 June 2024
Website | + posts
ताजा
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू