वेष्ट इण्डिजले युगान्डालाई दियो १७४ रनको लक्ष्य

वेष्ट इण्डिजले युगान्डालाई दियो १७४ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, जेठ २७ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले युगाण्डालाई जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह ‘सी’ अन्तर्गत भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेष्ट इण्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो ।

इण्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए । त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२/२२ रन जोडे ।

यता युगाण्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १/१ विकेट हात पारे ।

Published Date: 09 June 2024




ताजा
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न