शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर : Icon Khabar

काठमाडौं, जेठ २५ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ २१ र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७६ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८३ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३१ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा थियो ।

हेर्नुस् आजको विनिमय दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 June 2024
Website | + posts