विश्वकप क्रिकेट अन्तर्गत नेपाली टिमको हरेक रनमा ओमोडाले रूख रोप्ने

विश्वकप क्रिकेट अन्तर्गत नेपाली टिमको हरेक रनमा ओमोडाले रूख रोप्ने : Icon Khabar

काठमाडौँ, जेठ २५ । नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टि ट्वान्टि क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’ नारामा एक वातावरणीय योजना ल्याएको छ ।

दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा मा ओमोडाले रुख रोप्नेछ !
यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ ।

त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरू (OMODERs) ले सहभागिता जनाउनेछन् ।

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्दछ । एस पि जि अटोमोबाइल्स, सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा ओमोडाका ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन
व्यक्त गर्न आह्वान गर्दछ ।

एसपिजि अटोमोबाइल्स प्रा.लिको बारेमा – एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्स को लिमिटेडको् नेपालका लागि आधिकारिक वितरक हो ।

Published Date: 07 June 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली