रोनाल्डोको कीर्तिमान

रोनाल्डोको कीर्तिमान : Icon Khabar

काठमाडौँ, जेठ १५ । अल नासरका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् ।

सोमबार राति अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले पुरानो कीर्तिमान तोड्दै यो सिजनको साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो सिजन लिगमा ३१ खेलमा ३५ गोल र ११ असिस्ट प्रदान गरे ।

३९ वर्षीय रोनाल्डोले नयाँ कीर्तिमान बनाउने क्रममा अल नासरकै पुर्व मोरक्कन फरवार्ड अब्देरराजक हमदल्लाहको कीर्तिमान तोडेका हुन् । उनले सन् २०१८–१९ को सिजनमा ३४ गोल गरेका थिए ।

स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र म्यानचेस्टरबाट खेलेका रोनाल्डो जनवरी २०२३ मा अल नासरमा आबद्ध भएका रोनाल्डोले यो सिजन ५० खेलमा आफ्नो गोलसंख्या ५० नै पु¥याएका छन् ।

यो सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन उच्च रहेपनि टोलीलाई उपाधि दिलाउन सकेनन् । यो सिजन अल नासर साउदी प्रो लिगमा दोस्रो, साउदी कपमा सेमिफाइनल र एसियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाटै बाहिरियो ।

अब यो सिजन रोनाल्डोको टोलीले लिग च्याम्पियन अल हिलालसँग किङ्स कपको फाइनल खेल्न बाँकी छ । यो खेल १ जुनमा हुनेछ ।

अल नासरको जितमा रोनाल्डोले दुई गोल गर्दा अब्दुलरहमान घारिव, मेसारी अल नेमेरले समान एक गोल गरे । इत्तिहादका फारह अल समरानी र फाविन्होले गोल फर्काए ।

६६औं मिनेटमा सुवेइलेम अल मेनहालीले सिधै रातो कार्ड पाएपछि इतिहाद १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । त्यसपछि ६ मध्ये ५ गोल सम्भव भएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा घारिवले पेनाल्टीमा गोल गरेपछि अल नासर खेलमा ३–० ले अघि बढ्यो ।

८८औं मिनेटमा फारह र इन्ज्युरी समयको थपगरिएको दोस्रो मिनेटमा फाविन्होले गोल गरेपछि खेल ३–२ को स्थितिमा पुग्यो । इन्ज्युरी समयमै रोनाल्डोको स्थानमा मैदान छिरेका नेमेरले गोल गर्दै अल नासरलाई जित दिलाए ।

यस जितले अल नासर ३४ खेलबाट ८२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अल इतिहाद ५४ अंक जोडेर पाँचौं स्थानमा रह्यो ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)