१७औँ गणतन्त्र दिवसको शुभकामना

१७औँ गणतन्त्र दिवसको शुभकामना : Icon Khabar
Ganatantra Diwas

काठमाडौँ, जेठ १५ । आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । आज मंगलवार देशभरी १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  माओवादीको सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ।

गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन् ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन् ।

Published Date: 28 May 2024








ताजा
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको काम सुस्त
आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित
२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा