आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ १५ । आज २०८१ जेठ १५ गते मंगलबार, तद्अनुसार २८ मे २०२४ । आज जेठ कृष्ण पञ्चमी, ब्रह्म तैतल उत्तरषाढा, आज १७औँ गणतन्त्र दिवस, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १८ः५३ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्राले मनोनुकूल लाभ दिनेछ । लाभको मौका पटक पटक प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृष: कुनै ठूलो समस्याको सामना हुनसक्छ । नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ ।

मिथुन: व्यापार–व्यवसाय औषत चल्ने छ । लगानी शुभ रहने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला । लाभमा वृद्धि हुनेछ ।

कर्कट: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । प्रतिद्वन्दितामा कमि आउने छ ।

सिंह: व्यापार–व्यवसाय मनोनुकूल रहने छ । प्रसन्नता रहने छ । भाग्यको साथ रहने छ ।

कन्या: सञ्चित कोषमा वृद्धि हुनेछ । सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । प्रसन्नता कायम रहने छ ।

तुला: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यापार मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: प्रयास बढी गर्नु पर्नेछ । व्यर्थको दौडधूप हुनेछ । अरुको कुरा नसुनि महत्वपूर्ण निर्णय आफैँले लिँदा लाभ हुनेछ ।

धनु: अविवाहितहरुले विवाहको प्रस्ताव पाउने छन् । प्रयास सफल रहने छ । लगानी शुभ रहने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला ।

कुम्भ: उपहार प्राप्तिको सम्भावना छ । सहयोग प्राप्त हुनेछ । अचानक कतैबाट लाभको सम्भावना बढ्ने छ ।

मीन: हल्का हाँसो–ठट्टा नगर्नु होला । फजूल खर्च बढ्ने छ । अरुको झगडामा नपर्नु होला ।

Published Date: 28 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा