पेरिस सेन्ट जर्मन (पीएसजी) र रेम्ससँग बराबरी

पेरिस सेन्ट जर्मन (पीएसजी)  र रेम्ससँग बराबरी : Icon Khabar

काठमाडौं, माघ १७ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्ससँग बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा पीएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

५१औँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएको थियो । मार्को भेराट्टीले फल खेलेपटि रातो कार्ड पाउँदै बाहिरिए पछि पीएसजी ५९औँ मिनेटमा १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलमा फर्किएको रेम्सले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । रेम्सका लागि फोलारिन बालोगुनले गोल गर्दै खेललाई बराबरी गरेका थिए । बराबरीसँगै शीर्षस्थानमा पीएसजी यथावत् नै रहेको छ भने २६ अङ्क बनाएको रेम्स ११औँ स्थानमा छ । एजेन्सी

Published Date: 31 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न