बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर : Icon Khabar

काठमाडौं, जेठ १३ । बैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्व श्रीमतीकोमा गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहरिएका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आज यो फैसला गरेको हो । सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ । यसका लागि जेठ २८ गते पेसी तोकिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन् ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो । त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए । उनका विरूद्धमा वैवाहिक बलात्कारको अभियोगमा पनि मुद्दा चलेको थियो । तर उनी सम्बन्ध विच्छेदपछिको बलात्कारमा मात्र दोषी ठहर भएको अदालतले जनाएको छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास