बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर : Icon Khabar

काठमाडौं, जेठ १३ । बैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्व श्रीमतीकोमा गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहरिएका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आज यो फैसला गरेको हो । सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ । यसका लागि जेठ २८ गते पेसी तोकिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन् ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो । त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए । उनका विरूद्धमा वैवाहिक बलात्कारको अभियोगमा पनि मुद्दा चलेको थियो । तर उनी सम्बन्ध विच्छेदपछिको बलात्कारमा मात्र दोषी ठहर भएको अदालतले जनाएको छ ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक