भक्तपुरमा सम्पन्न निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जना लाभान्वित

भक्तपुरमा सम्पन्न निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जना लाभान्वित : Icon Khabar

भक्तपुर, जेठ १३ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।

विश्व थाइराइड दिवसको अवसरमा भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोगमा संघको भवनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १८३ जना लाभान्वित भएका छन् । शिविरमा निःशुल्क थाइराइड परीक्षण, सुगर जाँच र रक्तचाप परीक्षण गरिएको छ ।

शिविरमा सहभागीहरुलाई भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरले विशेषज्ञ चिकित्सकबाट पहिलो पटकको लागि उपचार र परीक्षण निःशुल्क गरिदिने जनाएको छ ।

आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको बताइन् ।

अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार वृद्धि भइरहेकाले समयमै उपचार गरी रोगबाट बच्न शिविर राखिएको उनको भनाइ छ ।

समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा गम्भीर असर गर्ने हुनाले थाइराइड परीक्षण गरी रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट उपचार गराउन उनले आग्रह गरिन् ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास