भक्तपुरमा सम्पन्न निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जना लाभान्वित

भक्तपुरमा सम्पन्न निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जना लाभान्वित : Icon Khabar

भक्तपुर, जेठ १३ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।

विश्व थाइराइड दिवसको अवसरमा भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोगमा संघको भवनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १८३ जना लाभान्वित भएका छन् । शिविरमा निःशुल्क थाइराइड परीक्षण, सुगर जाँच र रक्तचाप परीक्षण गरिएको छ ।

शिविरमा सहभागीहरुलाई भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरले विशेषज्ञ चिकित्सकबाट पहिलो पटकको लागि उपचार र परीक्षण निःशुल्क गरिदिने जनाएको छ ।

आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको बताइन् ।

अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार वृद्धि भइरहेकाले समयमै उपचार गरी रोगबाट बच्न शिविर राखिएको उनको भनाइ छ ।

समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा गम्भीर असर गर्ने हुनाले थाइराइड परीक्षण गरी रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट उपचार गराउन उनले आग्रह गरिन् ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न