वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १३ । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूको ७२८ जना अभिभावकहरूलाई स्टार बैंक्वेटमा भेला गरी भएको उक्त कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. रवीन कटवालले कुशल अभिभावक बन्न अपनाउनुपर्ने जीवन पद्धतिका कुराहरू प्रष्ट पारे।

अभिभावकहरूसंग भएको फोनको सन्दर्भ उल्लेख गर्दै उनले भने– ‘फोन स्मार्ट हुनुभन्दा पनि मान्छे स्मार्ट हुनु आवश्यक छ ।’
शिक्षा कहिल्यै सस्तो थिएन र छैन, हुनु पनि हुँदैन भन्दै उनले शिक्षा सुनभन्दा महंगो हुनुपर्छ, त्यही ढङ्गले शिक्षाको सम्वर्द्वन गर्नुपर्छ, सस्तो बेसाहाले पखाला लाग्न सक्छ, शिक्षालाई सस्तो नठान्नुस् भने।

विद्यार्थीमा उच्च ग्रेडभन्दा पनि उच्च संस्कारको आवश्यकता रहेको उल्लेख गर्दै उनले सुसंस्कारलाई जीवन पद्धतिको रूपमा बसाल्नुपर्नेमा जोड दिए।

छोराछोरीको सफलतामा खुशी हुन र छोराछोरीलाई हौस्याउन कन्जुस्याइ नगर्न सुझाव दिदै उनले सन्तानको बानी व्यवहार सुधार्न चाहने अभिभावकले सबभन्दा पहिले आफ्नो बोली व्यवहार सुधार्नुपर्छ भने।

प्र.अ. कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी सहयोगी अतिथि सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ भर्ना हुन आएका विद्यार्थीहरूको आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरे।

कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापतिले स्वागत गर्दै विद्यार्थीको प्रगतिको लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच हातेमालो आवश्यक भएको बताए । कार्यक्रममा मा.वि. इन्चार्ज विश्वेश्वर मानन्धरले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2024
Website | + posts