नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा २ जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा २ जनाको मृत्यु : Icon Khabar

चितवन, जेठ १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमासमेत सामान्य क्षति प्रहरीको भनाइ छ । सडक अहिले सञ्चालनमै छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास