नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा २ जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा २ जनाको मृत्यु : Icon Khabar

चितवन, जेठ १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमासमेत सामान्य क्षति प्रहरीको भनाइ छ । सडक अहिले सञ्चालनमै छ ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड