आजपनि प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरूले गरे बेल घेराउ

आजपनि प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरूले गरे बेल घेराउ : Icon Khabar

काठमाडौँ, जेठ १३ । प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घन्टा ढिलो गरी सुरू भएको छ।

बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए।

सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए। राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सभामुख घिमिरेले बोल्न समय दिएका छन्। उनले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए। कांग्रेस सांसदहरूले वेल घेराउ गरेका छन्।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड