भक्तपुर सांगीतिक समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा बज्राचार्य

भक्तपुर सांगीतिक समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा बज्राचार्य : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर सांगीतिक समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ।

आज सम्पन्न दोश्रो साधारणसभाका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि संगीतकर्मीहरुको समूह रहेको र सो समाजले राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रमहरुपनि गर्दै आएको सुन्न पाउँदा खुशी भएको बताईन्।

कार्यक्रममा समाजले चर्चित गायक कुमा सागर र बाँसुरीवादक यजु आचार्यलाई न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार-२०७९ मार्फत सम्मान गरिएको थियो। भक्तपुरबाट सांगीतिक क्षेत्रमा उदाउदै गरेका यी युवा कलाकारद्वयले थप हौसला प्रदान गर्नका लागि सो सम्मान गरिएको हो।

सो कार्यक्रममा समाजका सल्लाहकारद्वय वरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, वरिष्ठ गीतकार शिव प्रसाद मुनंकर्मी, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष रामप्रसाद खर्बुजा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

समाजका कार्यसमिति सदस्य शम्भुचरण राजभण्डारीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष प्रविण शाहीले गरेका थिए।

आजै सम्पन्न समाजको प्रथम अधिवेशनमार्फत अल्बर्ट बज्राचार्य सांगीतिक समाजको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस राज बोहरा, कोषाध्यक्षमा श्रीहरि दाहाल र कार्यसमिति सदस्यहरुमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरि सुन्दर लाखे श्रेष्ठ, रामहरी ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित भएको कुरा समाजले आइकन खबरलाई जानकारी गरायो।

निर्वाचन समिति तर्फ़ संयोजकमा हरिहर तिमल्सिना र निर्वाचन सदस्यद्वय दिपेन्द्र कुमार थापा, तुल्सी घेमोसुले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग गरेका थिए।

Published Date: 25 May 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा