शनिबारका लागि विदेशी मुद्राको विनियम दर

शनिबारका लागि विदेशी मुद्राको विनियम दर : Icon Khabar

काठमाडौँ, जेठ १२ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा थियो ।

त्यस्तै आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा थियो । त्यसै गरी आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २७ पैसा थियो ।

Published Date: 25 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास