आईपिएल उपाधिका लागि हैदराबादले कोलकत्ताको सामना गर्ने

आईपिएल उपाधिका लागि हैदराबादले कोलकत्ताको सामना गर्ने : Icon Khabar

काठमाडौँ, जेठ १२ । इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो ।

चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा ४ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाएका थिए । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्का सहित ३७ रनको विष्फोटक इनिङ खेले भने ट्राभिस हेडले २८ बलमा ३४ रन बनाए । शाहबाज अहमदले १८ तथा अभिषेक शर्माले १२ रन जोडे ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए भने सन्दिप शर्माले २ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । प्याट कमिन्स र नटराजनले १-१ विकेट लिए ।

कोलकत्ता पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । हैदराबादले पाएको दोस्रो मौकामा फाइनल प्रवेश गरेको हो । राजस्थानले भने क्वालिफायर २ मा पुग्न इलिमिनेटरन बेंगलूरु माथि जित दर्ता गर्नु परेको थियो ।

फाइनल चेन्नाईमा आउँदो आईतवार हुँदैछ । कोलकत्ता दुई पटकको विजेता हो भने हैदरावादले आईपिएलको उपाधि एकपटक जितेको छ ।

Published Date: 25 May 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा