आईपिएल उपाधिका लागि हैदराबादले कोलकत्ताको सामना गर्ने

आईपिएल उपाधिका लागि हैदराबादले कोलकत्ताको सामना गर्ने : Icon Khabar

काठमाडौँ, जेठ १२ । इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो ।

चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा ४ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाएका थिए । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्का सहित ३७ रनको विष्फोटक इनिङ खेले भने ट्राभिस हेडले २८ बलमा ३४ रन बनाए । शाहबाज अहमदले १८ तथा अभिषेक शर्माले १२ रन जोडे ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए भने सन्दिप शर्माले २ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । प्याट कमिन्स र नटराजनले १-१ विकेट लिए ।

कोलकत्ता पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । हैदराबादले पाएको दोस्रो मौकामा फाइनल प्रवेश गरेको हो । राजस्थानले भने क्वालिफायर २ मा पुग्न इलिमिनेटरन बेंगलूरु माथि जित दर्ता गर्नु परेको थियो ।

फाइनल चेन्नाईमा आउँदो आईतवार हुँदैछ । कोलकत्ता दुई पटकको विजेता हो भने हैदरावादले आईपिएलको उपाधि एकपटक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू