जीवनको अर्थ (कविता)

जीवनको अर्थ (कविता) : Icon Khabar

जीवन बुझने प्रयासमा
धेरै बसन्त बिते,
आफनो जीवन आफनो मात्र
भ्रममा कति परे ।

ठुला ठुला महाज्ञानी
यसैको अध्ययनमा व्यस्त
कतिपय क्षणिक सुखमा
हुदैछ नि मस्त ।

लागु औषध खराब
काममा खेर फाल्दै समय
सुन्दर जीवन सुन्दर समय
नबुझेरै बिताए ।

बहिरी तडकभडकलाई
वास्तविकता ठान्दा,
मरुभुमिको तातो सरि
भुमरिमा पर्छन् ।

मानव जीवन सामाजिक
सम्बन्धको खेल,
यसलाई बुझन सरल
छैन हुन्छ धेरै झेल ।

नाटकका पात्र सरि
रुप अनेक अनेक
जीवन अनि मृत्युका
पत्र फरक फरक

समाजमा सहज रुपमा
बस्न धेरै गाहो
रीतिथिति संस्कार कुरा
अझै प्यारो ।

हाम्रो सस्कृति हाम्रो
परम्परा सिकाउँछ
जीवन ज्युने कला
निराशालाई आशामा बदल्ने
धेरै छन् हाम्रा परम्परा ।

जीवन बुझन सन्यासी
भई हिडन पदैन,
अरुको कुभलो हामीले
कैले चिताउनु हुदैन ।

अध्ययन अनि अनुसन्धान
जारी राख्नु पर्छ
परिस्थिति जस्तो होस
सामना गर्नुपर्छ ।

हरपल सबैको हितमा
कार्य गर्नुपर्छ
आफु बाँचौ अरुलाइ नि
बाँच्न दिउ भनि आत्मसात गर्नुपर्छ

भ्रमपुर्ण संसारको वास्तविकता
खोत्ली हेर,
मानव जीवन अमुल्य छ
अर्थ पनि बुझ ।

लेखक: सुनिता गाइसी

 

 

 

Published Date: 25 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास