जीवनको अर्थ (कविता)

जीवनको अर्थ (कविता) : Icon Khabar

जीवन बुझने प्रयासमा
धेरै बसन्त बिते,
आफनो जीवन आफनो मात्र
भ्रममा कति परे ।

ठुला ठुला महाज्ञानी
यसैको अध्ययनमा व्यस्त
कतिपय क्षणिक सुखमा
हुदैछ नि मस्त ।

लागु औषध खराब
काममा खेर फाल्दै समय
सुन्दर जीवन सुन्दर समय
नबुझेरै बिताए ।

बहिरी तडकभडकलाई
वास्तविकता ठान्दा,
मरुभुमिको तातो सरि
भुमरिमा पर्छन् ।

मानव जीवन सामाजिक
सम्बन्धको खेल,
यसलाई बुझन सरल
छैन हुन्छ धेरै झेल ।

नाटकका पात्र सरि
रुप अनेक अनेक
जीवन अनि मृत्युका
पत्र फरक फरक

समाजमा सहज रुपमा
बस्न धेरै गाहो
रीतिथिति संस्कार कुरा
अझै प्यारो ।

हाम्रो सस्कृति हाम्रो
परम्परा सिकाउँछ
जीवन ज्युने कला
निराशालाई आशामा बदल्ने
धेरै छन् हाम्रा परम्परा ।

जीवन बुझन सन्यासी
भई हिडन पदैन,
अरुको कुभलो हामीले
कैले चिताउनु हुदैन ।

अध्ययन अनि अनुसन्धान
जारी राख्नु पर्छ
परिस्थिति जस्तो होस
सामना गर्नुपर्छ ।

हरपल सबैको हितमा
कार्य गर्नुपर्छ
आफु बाँचौ अरुलाइ नि
बाँच्न दिउ भनि आत्मसात गर्नुपर्छ

भ्रमपुर्ण संसारको वास्तविकता
खोत्ली हेर,
मानव जीवन अमुल्य छ
अर्थ पनि बुझ ।

लेखक: सुनिता गाइसी

 

 

 

Published Date: 25 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड