अक्स्फोर्ड प्राक्टिकल स्कूलमा भ्वाइस अफ अक्स्फोर्ड सिजन -२ सम्पन्न

अक्स्फोर्ड प्राक्टिकल स्कूलमा भ्वाइस अफ अक्स्फोर्ड सिजन -२ सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १२ । ‘भ्वाइस अफ अक्स्फोर्ड’ सिजन -१ को अपार सफलता पश्चात यस वर्षको ‘भ्वाइस अफ अक्स्फोर्ड’ सिजन -२
पनि सम्पन्न भएको छ।

हरेक वर्ष अक्स्फोर्ड प्राक्टिकल स्कूल सल्लाघारी भक्तपुरले आयोजना गर्दै आएको सो बहुप्रतिक्षित सांगीतिक तथा गायन प्रतियोगिता जेठ ११ गते शुक्रबार कलाकार,अभिभावक, स्थानीय समुदाय, विद्यार्थी तथा शिक्षकको भव्य उपस्थितिमा हर्षोल्लासका साथ आयोजना गरिएको हो।

पहिलो अडिसनमा कक्षा -४ देखि माथिका ४५ जना विद्यार्थीहरूले भाग लिएकोमा दोश्रो र तेश्रो अडिसन सम्म आउँदा जम्मा १२ जना प्रतिस्पर्धी विद्यार्थीहरू अन्तिम चरणमा पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक राम दुवाल सभापति रहेको सो कार्यक्रमको निर्णायकमा नेपाल भाषा तथा नेपाली गीत संगीतका उदयमान नक्षत्र गायक तथा संगीतकार एबं गीतकार कुम सागर, रोजमान महर्जन रहेका थिए। यस्तै कुम सागर एण्ड ख्वप ब्यान्डका म्यानेजर प्रशान्त बासी तथा सोही ब्यान्डका साउण्ड इन्जिनियर रामसुन्दर ढुसु अतिथिको रूपमा उपस्थित थिए।

प्रतियोगी विद्यार्थी कलाकारमध्येबाट कक्षा -५’ए’ का रबिना बल ‘भ्वाइस अफ अक्स्फोर्ड’ का विजेता घोषित भएका थिए। त्यस्तै पहिलो र दोस्रो रनरअपको उपाधि विजेता क्रमश: कक्षा -७ का अमिश कोजु र कक्षा -५’ए’ का मेनिजा शिन्ताकल भएका थिए। ‘राइजिङ स्टार’ को उपाधि कक्षा -८ का रिवाज श्रेष्ठको पोल्टामा गएको सो स्पर्धामा कक्षा -९ की सुप्रिया शिल्पकारले ‘बेस्ट फिमेल भोकल’ को पुरस्कार हात पारेकी थिइन्।

विजयी कलाकार विद्यार्थीहरुलाई निर्णायकद्वेयद्वारा ट्रफी, मेडल तथा सर्टिफिकेट प्रदान गरिएको थियो। कार्यक्रममा आफ्नो छोटो मन्तव्य पश्चात कुम सागरद्वारा गाइएको ओ चम्पा र चमेली; र रोजमान महर्जनद्वारा गाइएको सालुगु गाचा र ऐला लुवया शीर्षकको मन छुने गीतहरुमा उपस्थित सम्पूर्ण दर्शकहरु मन्त्रमुग्ध भई झुम्मिएका थिए।

कार्यक्रम सभापतिले अक्स्फोर्ड स्कूलले प्रदान गर्ने अतिरिक्त क्रियाकलापलाई समय सापेक्ष पार्दै लैजाने र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अक्स्फोर्ड विद्यालय सदा प्रतिबद्ध रहेको उद्घोष गर्दै कार्यक्रम समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 25 May 2024
Website | + posts