कोरा भक्तपुरको चौथौ संस्करणको तयारी सुरू, यस वर्षको कोरा साउन ५ गते हुने

कोरा भक्तपुरको चौथौ संस्करणको तयारी सुरू, यस वर्षको कोरा साउन ५ गते हुने : Icon Khabar

भक्तपुर, जेठ ११ । कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरू भएको छ। साइकल कनेक्ट भक्तपुरले जनाए अनुसार यस वर्षको कोरा जुलाई २० तारिख ( साउन ५ गते) मा हुने बताएको छ।

५० कि.मी, ७५ कि.मी र १०० कि.मीको रूटमा गरिदै आएको कोरा साइकलिङ च्यालेन्जमा यस वर्ष २५ कि.मीको नयाँ रूट पनि समावेश हुनेछ। साइकल कनेक्ट भक्तपुरको विभिन्न कार्यक्रमका सहभागी तथा शुभचिन्तकहरूबाट प्राप्त सुझावको आधारमा सूरुवाती साइकल यात्रीहरूको सहजताको निम्ति २५ कि.मीको रूट थप गर्ने साथै ५० कि.मी र ७५ कि.मीको रूट परिमार्ज गर्दै भक्तपुरको थप भौगोलिक तथा सांस्कृतिक विविधतालाई समेत्ने निर्णय भएको आयोजकले जनाएको छ।

करिब ६०० साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको गत वर्षको सफलतालाई हौसलाको रूपमा ग्रहण गर्दै यस वर्ष अझ व्यापक सहभागिताको लागि अहिले देखि नै तयारी सुरू गरेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले बताए ।

काठमाडौंबाट २०११ मा सुरू भएको कोरा च्यालेन्ज, साइकल कनेक्ट भक्तपुरको आयोजनामा २०२१ देखि भक्तपुरमा सुरू गरिएको हो। गत वर्ष नेपालको १३ जिल्लामा एक साथ कोरा च्यालेन्ज आयोजना गरिएको थियो। भक्तपुरमा कोरा च्यालेन्ज मार्फत साइकल संस्कृतिको विकास गर्दै साहसिक साइकल पर्यटन तथा स्थानिय जनजीवनमा नियमित कसरतको महत्व उजागर गर्ने प्रयास गर्दै आएको आयोजक संस्थाले जनाएको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जानु पनि कोरा भक्तपुरको उद्वेश्य रहेको आयोजकले बताएको हो।

Published Date: 24 May 2024






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता