कांग्रेसले अवरोध गर्दा आजपनि प्रतिनिधिसभाको बैठक स्थगित

कांग्रेसले अवरोध गर्दा आजपनि प्रतिनिधिसभाको बैठक स्थगित : Icon Khabar

काठमाडौँ, जेठ १० । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका छन्। उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताए।

कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसको अवरोधपछि जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

Published Date: 24 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास