शुक्रबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ११ । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५५ सय रुपैयाँ कायम भएको छ ।

Published Date: 24 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास