२५६८ औं बुद्ध जयन्तिको दिन काभ्रेस्थित नमोबुद्धको सुन्दरता (फोटो फिचर)

२५६८ औं बुद्ध जयन्तिको दिन काभ्रेस्थित नमोबुद्धको सुन्दरता (फोटो फिचर) : Icon Khabar

काठमाडौं, जेठ १० । नमोबुद्ध नामबाट नै स्पष्ट हुन्छ कि यो बौद्ध धर्मप्रति आस्था राख्नेहरूसँग सम्मिलित क्षेत्र हो । काठमाडौंबाट लगभग ३७ किलोमिटरको दुरीमा छ नमोबुद्ध । भगवान् गौतम बुद्धको पहिलो जन्मस्थलको रूपमा समेत चिनिने नमोबुद्ध काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्दछ ।

नमोबुद्धको अर्थ बुद्धलाई नमस्कार भन्ने बुझिन्छ । नमोबुद्धको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व साथै प्राकृतिक सुन्दरताका कारण बर्सेनि लाखौँ पर्यटकहरू यहाँ पुग्ने गर्दछन् ।

काठमाडौंबाट कोटेश्वर हुँदै धुलिखेल पुगिन्छ । धुलिखेल चोकबाट  बिपी राजमार्ग हुँदै पूर्व ९ किलोमिटर अघि काभ्रे भन्ज्याङ पुगेपछि त्यहाँबाट दक्षिण पूर्व ६/७ किलोमिटर कटिसक्दा नमोबुद्ध पुगिन्छ । त्यहाँसम्म पुग्ने सार्वजनिक यातायात प्रशस्तै पाइन्छन् ।

नमोबुद्ध स्तूप  ऐतिहासिक प्रख्यात बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मावलम्बीहरूले मान्ने तीन महान् चैत्यहरू बौद्धनाथ, स्वयम्भूनाथ र नमोबुद्ध मध्ये एक हो । यहाँ वनको मध्य भागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन् ।

पहाडको चुचुरोमा रहेको नमोबुद्धबाट चारैतिर हरियाली देखिन्छ । गाउँपाखा पखेर हेर्न पाइन्छ । चिसो हावा खाँदै खुल्ला संसारमा रमाउन पाइन्छ । बुद्धकालीन इतिहास बुझन चाहनेका अध्ययनशील विद्यार्थी यहाँ पुग्नैपर्छ ।

नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ बौद्ध लुम्बिनीसँगै नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा राखेपछि यहाँ बौद्ध धर्मालम्बी बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलंकालगायत देशहरुबाट पर्यटकहरु पुग्ने गरेका छन् । नमोबुद्धमा पुरातात्विक ऐतिहासिक शिलालेख र दस्तावेजहरु यत्रतत्र देख्न पाइन्छ ।

Published Date: 23 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न