२५६८ औं बुद्ध जयन्तिको दिन काभ्रेस्थित नमोबुद्धको सुन्दरता (फोटो फिचर)

२५६८ औं बुद्ध जयन्तिको दिन काभ्रेस्थित नमोबुद्धको सुन्दरता (फोटो फिचर) : Icon Khabar

काठमाडौं, जेठ १० । नमोबुद्ध नामबाट नै स्पष्ट हुन्छ कि यो बौद्ध धर्मप्रति आस्था राख्नेहरूसँग सम्मिलित क्षेत्र हो । काठमाडौंबाट लगभग ३७ किलोमिटरको दुरीमा छ नमोबुद्ध । भगवान् गौतम बुद्धको पहिलो जन्मस्थलको रूपमा समेत चिनिने नमोबुद्ध काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्दछ ।

नमोबुद्धको अर्थ बुद्धलाई नमस्कार भन्ने बुझिन्छ । नमोबुद्धको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व साथै प्राकृतिक सुन्दरताका कारण बर्सेनि लाखौँ पर्यटकहरू यहाँ पुग्ने गर्दछन् ।

काठमाडौंबाट कोटेश्वर हुँदै धुलिखेल पुगिन्छ । धुलिखेल चोकबाट  बिपी राजमार्ग हुँदै पूर्व ९ किलोमिटर अघि काभ्रे भन्ज्याङ पुगेपछि त्यहाँबाट दक्षिण पूर्व ६/७ किलोमिटर कटिसक्दा नमोबुद्ध पुगिन्छ । त्यहाँसम्म पुग्ने सार्वजनिक यातायात प्रशस्तै पाइन्छन् ।

नमोबुद्ध स्तूप  ऐतिहासिक प्रख्यात बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मावलम्बीहरूले मान्ने तीन महान् चैत्यहरू बौद्धनाथ, स्वयम्भूनाथ र नमोबुद्ध मध्ये एक हो । यहाँ वनको मध्य भागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन् ।

पहाडको चुचुरोमा रहेको नमोबुद्धबाट चारैतिर हरियाली देखिन्छ । गाउँपाखा पखेर हेर्न पाइन्छ । चिसो हावा खाँदै खुल्ला संसारमा रमाउन पाइन्छ । बुद्धकालीन इतिहास बुझन चाहनेका अध्ययनशील विद्यार्थी यहाँ पुग्नैपर्छ ।

नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ बौद्ध लुम्बिनीसँगै नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा राखेपछि यहाँ बौद्ध धर्मालम्बी बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलंकालगायत देशहरुबाट पर्यटकहरु पुग्ने गरेका छन् । नमोबुद्धमा पुरातात्विक ऐतिहासिक शिलालेख र दस्तावेजहरु यत्रतत्र देख्न पाइन्छ ।

Published Date: 23 May 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय